प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित

डिसी नेपाल
२६ माघ २०७६ ९:१०

दमौली । नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौँ अधिवेशनबाट अमरराज नहर्की अध्यक्ष पदमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

अध्यक्षमा निर्वाचित नहर्कीले ३० मत र उहाँको प्रतिस्पर्धी पवन पौडेलले १९ मत प्राप्त गरेको थियो।

यसैगरी सचिवमा प्रकाश अधिकारी ३० मत ल्याइ निर्वाचित भए । छ कूल ६४ सदस्यमध्ये ५० मत खसेको निर्वाचन समितिले जनाएको छ।

अध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको थियो। अन्य पदमा सर्वसम्मत भएको थियो। अधिवेशनबाट शाखाको उपाध्यक्षमा प्रताप रानामगर, महिला उपाध्यक्षमा मिला दरै, सहसचिवमा शिला वाग्ले, कोषाध्यक्षमा प्रकृति खनाल न्यौपाने र सदस्यमा श्रीहरि पौडेल, रमेश विकल, अप्सरा श्रेष्ठ, सञ्जय श्रेष्ठ र मुना कालिराज विके निर्वाचित भए ।

यसैगरी केन्द्रीय पार्षदमा डम्बर अधिकारी, ओमकार आचार्य, सोनी शर्मा, वसन्त कँडेल, विमला दुवाडी, मदन वाग्ले, शैलेन्द्र मिश्र, डिपी अधिकारी, अञ्जु दाहाल र प्रदेश पार्षदमा पूर्ण विके, दीपेन्द्र पौडेल, स्वस्तिका भट्टराई गैरे, सङ्गम सापकोटा, विष्णु मास्की, डिल्लीराज जोशी र शैलेश खाती निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष नहर्कीले श्रमजिवी पत्रकारको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा निवर्तमान अध्यक्ष ओमकार आचार्यले नवनिर्वाचित अध्यक्ष नहर्कीलाई ‘माइन्युट’ हस्तान्तरण गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले अधिवेशनको उद्घाटन गरेका थिए ।

सोही अवसरमा नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री लक्ष्मीभक्त खनालले स्व पिता नरहरि खनालको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाका लागि रु ५० हजारको चेक हस्तान्तरण गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *