विधेयक राम्रो बनेर मात्र हुँदैन कार्यान्वयन पनि राम्रो हुनुपर्छ : सभामुख श्रेष्ठ

डिसी नेपाल
२६ माघ २०७६ २२:४३

हेटौडा । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सरकारले निर्माण गरेका विधेयक जतिसुकै राम्रो भए पनि कार्यान्वयन पक्ष फितलो भयो भने विधेयकको उद्देश्य प्राप्त नहुने बताएका छन् ।

प्रदेशको प्रदेशसभा प्रदेश मामिला समितिको आयोजनामा आइतबार प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा अन्तक्र्रिया कार्यक्रममा सभामुख श्रेष्ठले प्रस्तुत विधेयक राम्रो भएको बताए ।

सभामुख श्रेष्ठले कानून निर्माणकै चरणमा भएकाले विधेयकमाथि व्यापकरूपमा छलफल गर्न आग्रह गर्दै सङ्घबाट बनेका विधेयक पनि संशोधन हुन जरुरी रहेको बताए। “हामीले तल्लो तहमा बसेर काम गरिरहने तर सङ्घले तिनको कार्यान्वयनमा अवरोध गर्ने विधेयक संशोधन नगर्ने हो भने हामीले बनाएका विधेयकको काम हुन्न”, उनले भने ।

कार्यक्रममा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रस्तुत विधेयक प्रदेशको अहिलेसम्मको महत्वपूर्ण विधेयक भएको बताउँदै विधयकलाई संसद्मा कुन रूपमा प्रस्तुत गर्ने भन्ने विषयमा छलफल गर्न आवश्यक देखिएकाले अन्तरक्रिया गरिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *