स्वास्थ्य शिविरमा ४३८ जनाको उपचार

डिसी नेपाल
१ फागुन २०७६ १३:११

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४३८ जना स्थानीय लाभान्वित भएका छन्।

कर्मफलाइटस् फाउण्डेसन नेपाल पोखरा र बकेट अफ लभको आयोजना, वडा कार्यालय र जटायु संरक्षण तथा गौरक्ष केन्द्रको सहआयोजना तथा अमेरिकन इगल फाण्डेशनको प्राविधिक सहयोगमा भएको शिविरमा घरआँगनमा विशेषज्ञ चिकित्सकबाट आफूले चाहेको सेवा लिन पाउँदा वृद्धवृद्धादेखि बालबालिकासम्म खुशी भएका थिए।

शिविरमा १४० जनाले महिला तथा प्रसूति रोगसम्बन्धी जाँच गराएका थिए । त्यसैगरी २०० जनाको मधुमेहको परीक्षण गरिएको तथा अन्यले भिडियो एक्स–रे तथा पेट छातीको उपचार सेवा प्राप्त गरेको सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले जानकारी दिए ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा. सरिता गुरुङ, पेट तथा छाती रोग विशेषज्ञ डा. सन्दीप गुप्ता, जनरल फिजिसियन डा . विकेक कँडेल तथा मधुमेह रोगका विशेषज्ञ डा. मारिया डेनिडिप्टी लगायतले सेवाग्राहीको स्वास्थ्य जाँच गरी परामर्श दिएका थिए ।

भिडियो एक्स–रे, हाडर्जोनी तथा नशा रोग, महिला तथा प्रसूति रोगसम्बन्धी उपचार, पेट, छाती तथा बालरोग, मधुमेहको रक्त परीक्षणका साथै सामान्य घाउचोटको उपचार सेवा शिविरमा प्रदान गरिएको थियो।

घाचोक स्वास्थ्य चौकीको व्यवस्थापनमा सञ्चालन भएको शिविरमा रु तीन लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको वडाध्यक्ष लम्सालले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *