सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री भट्ट

डिसी नेपाल
५ फागुन २०७६ २१:२१

कैलाली । मुख्यमन्त्री चिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकार प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध भएर लागेको बताएका छन्। कैलालीको चुरे गाउँपालिका–६ स्थित बयलामा मेलकट्टेश्वर माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए।

उनले सुदूरपश्चिम प्रदेश सरकार गठन भएको दुई वर्षको समीक्षा गर्दा सन्तोषजनक रहेको बताउँदै प्रदेश सरकारले सङ्घीयताको जग बलियो बनाउने काम गरेको बताए । मुख्यमन्त्री भट्टले दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरेको दाबी गरे।

प्रदेशको नामकरण र राजधानी तोक्नुलाई सरकारको मुख्य उपलब्धि ठान्दै उनले ३१ वटा कानून निर्माण गरी सरकारबाट सेवा प्रवाह भइरहेको समेत बताए । प्रदेश सरकारको जिम्मेवारी सम्हाल्दा कानून र संरचना अभाव भएकाले अहिले हामीले कानून कार्यान्वयन तथा कार्यालय व्यवस्थित गरेको उनको भनाइ छ । कर्मचारी अभावका कारण प्रदेश सरकारले चाहेको गतिमा काम गर्न नसकेको उनले स्वीकार गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *