प्रचण्डको टिप्पणी, कम्युनिष्टलाई सिध्याउन बन्दुक चाहिँदैन

डिसी नेपाल
९ फागुन २०७६ १०:२०

काठमाडौं। कमिशन प्रकरणमा मुछिएसँगै सञ्चार तथा सूचनाप्रविधि मन्त्रीबाट गोकुल बाँस्कोटाले राजीनामा दिएपछि पहिलो प्रतिक्रिया दिएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु आफ्नै कारणले सकिने गरेको बताएका छन्।

शुक्रबार भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले विश्वमा कम्युष्टिहरु आफ्नै कारणले पतन भएको भन्दै नेपालमा पनि त्यस्तो संकेत देखिएको बताएका हुन्।

उनले कम्युष्टिहरु सत्तामा गएपछि आदर्श विर्सने गरेको भन्दै विश्व इतिहासमा सत्तामा पुगेपछि कम्युष्टिले आदर्श भुलेपछि पतन भएको दृष्टान्त सुनाए।

उनले वर्तमान सरकारको कामप्रति कटाक्ष गर्दै ‘आजभोलि घटना यसो हेर्‍यो भने, मान्छेहरु त बिग्रिने बिग्रिने तिर जस्तो जो देखिँदैछ’ भनेका छन्। उनले नेपालमा कम्युष्टि सकिनै लागे भन्ने आफ्नो भनाईको अर्थ नभएको भन्दै संकेत भने राम्रो नदेखिएको बताएका हुन्।

उनले भने, ‘कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पुँजिपति चाहिन्न। बन्दुक पनि चाहिन्न। आफैले आफैलाई सिध्याउने रहेछन्।’
प्रचण्डले मुलुको पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री केपी ओलीसँग गम्भीर छलफल गर्नेसमेत बताएका छन्।

प्रधानमन्त्री ओलीले सरकार सबैतिरबाट सफल भइरहेको बताइरहेका बेला नेकपाकै अर्का अध्यक्ष प्रचण्डले भने सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएका छन्। यही परिवेसमा बाँस्कोटा कमिशन प्रकरणमा मुछिएपछि प्रचण्ड ओलीसँग झनै असन्तुष्ट बनेको देखिएको छ।




प्रतिक्रिया

One thought on “प्रचण्डको टिप्पणी, कम्युनिष्टलाई सिध्याउन बन्दुक चाहिँदैन

  1. हिन्दू धर्म , बौद्ध धर्म उत्पत्ति देशमा :- अर्का को धर्म को उत्पत्ति देशमा , मुस्सलवान पसेर बसने ??? मुस्सलवानको मस्जिद बनाउने ???? जे हुदैन भने तेहि गर्ने ???? (१) नेपालको आफ्नै संसारको उच्च धर्महरु छन (२) यो धुर्ब सत्य हो :- नेपाल र नेपालको भूमिमा मुस्सलवान हुदैन। यो नै मुस्सलवान को बिनास को कारण बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *