राष्ट्रपतिबाट पशुपतिनाथ पुगेर आराध्यदेव शिवको पूजाआजा

डिसी नेपाल
९ फागुन २०७६ १७:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेकी छन् । महाशिवरात्रीको अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजाआजा गरेकी हुन् ।

नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गरेकी हुन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाआजा गरेका छन् ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे । राष्ट्रपति उपस्थित हुने भएपछि पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *