राष्ट्रपतिले गरिन् पशुपति पुगेर पूजा (फोटोफिचर)

डिसी नेपाल
९ फागुन २०७६ २१:१४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेकी छन् । महाशिवरात्रीको अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजाआजा गरेकी हुन् ।

नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गरेकी हुन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाआजा गरेका छन् ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे । राष्ट्रपति उपस्थित हुने भएपछि पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

तस्वीरः रमण मानन्धर/डिसी नेपाल




प्रतिक्रिया

One thought on “राष्ट्रपतिले गरिन् पशुपति पुगेर पूजा (फोटोफिचर)

  1. खोइ त पूजा आजा गर्दा सोफासेट राखेको ? २ तिहाइ को राष्ट्रपती लाई हेप्ने ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *