समृद्ध मुलुक बनाउन हरेक नागरिक शिक्षित हुनुपर्छ : नेता भण्डारी – Dcnepal

समृद्ध मुलुक बनाउन हरेक नागरिक शिक्षित हुनुपर्छ : नेता भण्डारी

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समृद्ध मुलुक निर्माणका लागि हरेक नागरिक शिक्षित हुनुपर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै नेता भण्डारीले नेपालका धेरैजसो सामुदायिक विद्यालयको अवस्था दयनीय रहेकाले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सामूहिक अठोट र प्रयास आवश्यक रहेको बताए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सरोकारवाला लाग्नुपर्नेमा भण्डारीले जोड दिए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न नगरपालिकाले प्रयास थालेको बताए । नगरप्रमुख न्यौपानेले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस सेवा सञ्चालन गर्न लागिएको बताए । सो अवसरमा प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो