परिवर्तनको नेतृत्व काँग्रेसले गरेको हो : उपसभापति निधि

डिसी नेपाल
१० फागुन २०७६ २२:०४

सर्लाही । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा जनतालाई राजनीतिक अधिकार दिलाउन र विकास निर्माणको गतिलाई अघि बढाउने नेतृत्व काँग्रेसले गरेको बताएका छन् ।

सर्लाहीको क्षेत्र नम्बर ४ धनकौल गाउँपालिकामा शनिबार पार्टीले आयोजना गरेका सभामा उनले विसं २००७ देखि हालसम्मको परिवर्तनको नेतृत्व काँग्रेसले गरेको दाबी गरे । उनले भने, ‘सरकारले जनताको हितविपरीत काम गरेको छ, काँग्रेसले शुरुआत गरेको विकास निर्माणको काममा अहिले फिता काट्ने काम मात्र भएको छ ।’

संविधानमा रहेका कमीकमजोरीलाई संशोधन गरेर सुदृढ गर्नुपर्ने आवश्यकता उपसभापति निधिले औल्याए । ‘आगामी दिनमा काँग्रेसले बहुमत ल्याएमा मधेशी जनतको हितमा संविधान संशोधन गर्ने छौँ’, उपसभाति निनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *