कुखुरा फार्ममा आगलागी, ४ हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट

डिसी नेपाल
११ फागुन २०७६ ८:५६

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा रु १० लाख बढीको क्षति भएको छ ।

स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो।

कमाइ खाने सहारा फार्म थियो उनले भने, “जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।” आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो।

भण्डारीले सात वर्षदेखि सो व्यवसाय गर्दै आएको थियो । नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *