काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते
नयाँ दिल्ली । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ।
भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटना भएको हो । घाइते तथा मृत्यु भएका मध्ये केही महिला र बालबालिका रहेका छन् ।
दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तिव्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ। राससरसिन्ह्वा
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment