बालक रोएको एउटा भिडियो जसले २ दिनमै साढे ५ करोड सहयोग जुटायो (भिडियोसहित)

डिसी नेपाल
११ फागुन २०७६ १३:२६

काठमाडौं। ‘म अहिले भर्खरै आफैंलाई मार्न चाहन्छु’ यी पीडाबाट गुज्रिरहेका ती बालकका शब्द थिए जसलाई स्कुलमा साथीहरुले जिस्क्याएर हैरान पारेका थिए । ९ वर्षका यी बालककी आमा जब उनलाई स्कुलबाट घर ल्याउनका लागि स्कुल पुगिन्, बालकले आफूलाई सम्हाल्न सकेनन् र रुन लागे । आमालाई यो कुरा निकै नरमाइलो लाग्यो र उनले छोराको पीडा मानिसहरु, अभिभावक र शिक्षकसम्म पुगोस् भन्ने हेतुले छोराको भिडियो बनाइन् । अस्ट्रेलियाकी ती आमाले सामाजिक संजालमा राखेको भिडियो भाइरल भएको छ ।

९ वर्षका यी बालक क्यादेन बेल्स पुड्कोपनको समस्याबाट गुज्रिरहेका छन् । उनको उचाइ कम छ यही कारण उनलाई स्कुलमा निकै प्रताडित गरिन्छ । क्वादेनकी आमा याराकाले उनको भिडियो सामाजिक संजालमा शेयर गरिन् । भिडियो भायरल भएपछि कैयौं मानिहरु क्वादेनको समर्थनमा आए । यही बीचमा आफैंले पुड्कोपनको सामना गरेका कमेडियन ब्राड विलियम्सले क्वादेनलाई डिज्नील्याण्ड घुमाउने निर्णय गरे र गोफण्डमी अभियान सुरु गरे ।

ब्राडले भने कुनै पनि बच्चालाई यसरी प्रताडित गरिनु हुँदैन । ब्राडले गोफण्डमी अभियान सुरु गर्दै उनलाई पनि खुसी पाउने हक भएको बताएका छन् । ब्राडले अनलाई पैसा जम्मा गर्ने अभियानमा केवल १० हजार डलर (साढे ११ लाख रुपैयाँ) जम्मा गर्ने लक्ष्य लिएका थिए तर त्यहाँ यति धेरै मानिसहरु सहयोगका लागि अगाडि आए कि यो समाचार तयार पार्दासम्म ४ लाख ६३ हजार ३०७ डलर (५ करोड ३४ लाख रुपैयाँ) जम्मा भइसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *