ढुंगेअड्डाको ओरालोमा ब्रेक फेल भएको ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

डिसी नेपाल
१२ फागुन २०७६ २०:३०

काठमाडौं। काठमाडौंको कलंकी–थानकोट सकडको ढुंगेअड्डामा सोमबार साँझ डर लाग्दो दुर्घटना भएको छ। ढुंगे अड्डाको ओरालोमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको थानकोट प्रहरी बृत्तले जनाएको छ। दुर्घटनामा कम्तिमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। थानकोट प्रहरीले घटनामा कसैको मृत्यु  नभएको जनाएको छ।

दुर्घटना साँझ ७ बजे आपासमा भएको प्रहरीले जनाएको छ। थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगा अड्डाको ओरालोमा अगाडिका सवारी साधनलाई ठक्कर दिँदा भयानक दुर्घटना भएको हो। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा खटिएको थानकोट प्रहरी बृत्तले जानकारी दिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *