६२ वर्षका व्यक्तिले तोडे ‘प्ल्याङ्किङ’ को विश्व रेकर्ड
बीबीसी । ६२ वर्षे एकजना पूर्व अमेरिकी विशेष सैनिक अधिकारीले आठ घण्टा १५ मिनेट १५ सेकेन्डसम्म प्ल्याङ्क (व्यायामको एक प्रकार) गरेर नयाँ विश्व रेकर्ड कायम गरेका छन्।
जर्ज हुडले शिकागोमा द लङ्गेस्ट मेल एब्डोमिनल प्ल्याङ्कमा त्यस्तो रेकर्ड बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले जनाएको छ। उनले सन् २०१६ मा चिनियाँ नागरिक माओ वेइन्दोङले कायम गरेको आठ घण्टा एक मिनेटको रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्। त्यसकालागि आफूले २,१०० घण्टा प्ल्याङ्क को तयारी गरेको हुडले बताए। रेकर्ड तोडेपछि उनले ७५ पटक पुशअप गरेका थिए।

लगत्तै उनले प्ल्याङ्क रेकर्डको प्रयास गर्ने कार्यबाट आफूले सन्यास लिएको बताए। प्ल्याङ्किङ एक प्रकारको लोकप्रीय शारिरिक व्यायाम हो जस्मा दुवै कुहिना भूईँमा टेकाएर दुवै खुट्टा पछाडि तन्काइ पाखुरा र खुट्टाका औँलाहरूको भरमा जीउलाई उठाएर घोप्टो परी सुतेको जस्तो आसनमा सकेसम्म लामो समयसम्म बस्ने गरिन्छ।
उनले सन् २०११ बाट प्ल्याङ्किङ गर्न सुरु गरेका थिए। उक्त प्रतियोगिता अघि आफूले दैनिक सात घण्टा प्ल्याङ्क गर्ने गरेको उनले बताए। ‘मैले आफूलाई समयको वास्तविकताबाट पूर्ण रूपमा अलग गर्नुपर्छ। यो एउटा कला र कुशलता हो जुन मैले वर्षौँ लगाएर प्राप्त गरेको छु,’ उनले बीबीसीलाई भने।
प्ल्याङ्क गर्ने बेलासम्म रक सङ्गीत सुनिरहेका हुडले त्यसले आफूलाई आफ्नो बाल्यकालको सपना पुरा गर्न मद्दत गरेको बताए। ‘जति बेला म हुर्कँदै थिएँ, म रक एन्ड रोल सङ्गीतबाट प्रभावित थिएँ, भ्यान हेलन, मोटली क्रु, डीप पर्पल। एमटिभीमा उनीहरूको भिडिओ हेर्ने गर्थेँ र त्यसले मलाई मोहित बनाउँथ्यो,’ उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment