विमानस्थल आगलागी प्रकरण : कार्यदलले बुझायो प्रतिवेदन

डिसी नेपाल
१४ फागुन २०७६ ११:२६

काठमाडौं। गत माघ २७ गते साँझ त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा लागेको आगलागीका विषयमा छानविन गर्न गठिन छानविन समितिले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफ्नो बुझाएको छ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संजकत्वमा गठन भएको समितिले मंगलबार बुझाएको प्रतिवेदनमा कफी सपका कारण आगलागी भएको उल्लेख गरिएको छ। प्रतिवेदनमा सटरको लापरवाहीले आगो लागेको निष्कर्ष निकालेको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा सबै सुरक्षा पास गरेपछि जहाज चढ्ने ठाउँमा एउटा पसल छ। यो पसल सुवास श्रेष्ठले चलाइरहेका छन्। उनकै कफी सपबाट सो दिन आगलागी हुँदा विमानस्थल नै बन्द गर्नुपरेको थियो भने, अन्तर्राष्ट्रिजगतमा नेपालको विमानस्थलको सुरक्षा कमजोर रहेको सन्देश गएको थियो।

विमानस्थलको सुरक्षामा गमभीर असर पर्ने भन्दै सो कफी सप हटाउन प्रयास गरिए पनि अहिले अदालतको आदेश अनुसार सो पसल हटाउन सकिएको छैन। छानविन समितिले सो पसलमै राख्न नहुने सामानसमेत राखिएको भेटिएको प्रतिवेदनमा उल्लेख गरेको छ।

आचार्यको संयोजकत्वमा गठन समितिमा राजन नेपाल उपसचिव, एसपी केदार ढकाल, नागरिक उड्यान प्राधिकरणको निर्देशक कुलप्रसार सिंखडा र उपनिर्देशक विक्रम गौतम सदस्य रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *