आज फेरि बढ्यो सुन

डिसी नेपाल
१५ फागुन २०७६ ११:२१

काठमाडौं । मंगलबार र बुधबार लगातार घटेको सुनको भाउ पुनः उकालो लागेको छ ।

सोमबार तोलामा १५ सय रुपैयाँ बढेको सुन मंगलबार ३ सय तथा बुधबार ५ सय रुपैयाँ घटेको थियो । आज सुन तोलामा २ सय रुपैयाँ बढेको छ ।

आज छापावाल सुन प्रतितोला ७९ हजार ७ सय तथा तेजावी सुन ७९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला ७९ हजार ५ सय तथा तेजावी सुन ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधबार चाँदी ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *