‘मृगौला प्रत्यारोपण गराउँदा ५ दिन अस्पताल बस्छु अनि काममा फर्किन्छु’

डिसी नेपाल
१५ फागुन २०७६ २०:०७

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मृगौला प्रत्यारोपण गरेर अझै १५ वर्ष काम गर्ने बताएका छन्। ओलीले गत असोज यता लगातार मृगौलाको डायलसिस गराइरहेका छन्।

पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै केही दिनपछि मृगौला प्रत्यारोपण गर्ने उल्लेख गर्दै ओलीले भने, ‘किड्नी फेरेको ५ दिन अस्पताल बस्छु। छैटौँ दिनबाट काम गर्छु। विरामी को हुँदैन र? म पनि म पनि अलिअलि विारमी हुन्छु। विरामी भएका बेला पनि काम गर्ने बानी परेको छ।’

‘ किड्नी फेरेपछि १५ वर्ष ढुक्कले काम गर्न सक्छु’, उनले स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *