अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध गोकुल बास्कोटाले हालिदिए मुद्दा
फाइल
काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका छन् । आरोप लागेसँगै पदबाट राजीनामा दिएका बास्कोटाले अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध झुटो लान्छना लगाएको र गाली बेइज्जती गरेको आरोप लगाउँदै मुद्दा हालेका हुन् ।
म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 28, 2020
शुक्रबार उनले आफ्ना प्रतिनिधिमार्फत् मुद्दा हालेका हुन्। उनले आफूले मुद्दा हालेको ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘मविरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्जतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment