अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध गोकुल बास्कोटाले हालिदिए मुद्दा

डिसी नेपाल
१६ फागुन २०७६ १५:३२

काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका छन् । आरोप लागेसँगै पदबाट राजीनामा दिएका बास्कोटाले अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध झुटो लान्छना लगाएको र गाली बेइज्जती गरेको आरोप लगाउँदै मुद्दा हालेका हुन् ।

शुक्रबार उनले आफ्ना प्रतिनिधिमार्फत् मुद्दा हालेका हुन्। उनले आफूले मुद्दा हालेको ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘मविरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्जतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *