‘पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार करले उपभोक्तालाई असर गर्दैन’

डिसी नेपाल
१६ फागुन २०७६ १६:२८

काठमाडौं। प्रट्रोलियम पदार्थमा लगाईएको पूर्वाधार विकास करले उपभोक्ता मूल्यमा कुनै असर नपर्ने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ।

शुक्रबार विज्ञप्तिमार्फत मन्त्रालयले पेट्रोलियम पदार्थमा भन्सार विन्दूमा नै १० रुपैयाँ पूर्वाधार कर लगाएको र यसको भार उपभोक्तालाई नपर्ने बताएको हो। उक्त कर नेपाल आयल निगमको नाफाबाट नै कट्टा हुने स्पष्ट पारेको छ।

‘पूर्वाधार विकास करले हाल बजारमा कायम उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने र निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको छ’—मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।

आर्थिक ऐन २०७६ को दफा १८ को उपदफा १ को अधिकार प्रयोग गरी कर लगाइएको मन्त्रालयले जनाएको छ।  ऐनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल सरकारले आवश्यकता अनुसार यो ऐन र प्रचलित अन्य कानून बमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल र करको दर घटाउन, बढाउन वा आंशिक र पूर्ण रुपमा छूट दिन सक्नेछ’ भन्ने व्यवस्था छ।

मन्त्रालयले अन्तर्राष्ट्रिय बजार र छिमेकी देशको अवस्थालाई हेरेर कर बढाइएको दावी गरेको छ।  मन्त्रीपरिषद्ले फागुन १२ गते पेट्रोलमा लगाइएको पूर्वाधार कर बढाउने निर्णय गरेको थियो। उक्त निर्णय विहिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *