सरकारले मिनीग्रिड मार्फत देशभर विद्युत पहुँच पुर्‍याइने

डिसी नेपाल
१६ फागुन २०७६ १९:१५

काठमाडौं । तीन वर्षमा देशभर विद्युतको पहुँच पुर्‍याउने उद्देश्य पुरा गर्न सरकारले मिनीग्रिड मार्फत विद्युत उत्पादन गर्ने विशेष कार्यक्रमको सुरुवात गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा ‘मिनीग्रिड विशेष कार्यक्रम’को औपचारिक शुभारम्भ गरेका छन् ।

सरकारले उज्यालो नेपाल अभियान अन्तर्गत तीन वर्ष भित्रमा सबै नेपालीको घरघरमा विद्युतको पहुँच पु¥याउने उद्देश्य सहित केन्द्रीय प्रसारण लाइन नपुगेका जिल्लामा मिनीग्रिड विशेष कार्यक्रम मार्फत विद्युत पु¥याउने लक्ष्य राखेको छ । सोहि अनुसार शुक्रबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्यान्वयन गर्नेगरी हुम्ला र डोल्पामा १२ वटा मिनीग्रिड आयोजना सञ्चालन गर्ने कार्यको सुरुवात भएको हो ।

कार्यक्रममा मन्त्री पुनले केन्द्रीय ग्रिड नपुगेका जिल्लामा मिनीग्रिडमार्फत उज्यालो अभियान सुरु हुनु सकारात्मक भएको बताए । उनले यो वर्ष २ सय वटा कार्यक्रम सञ्चालन हुने र तीन वर्ष भित्रमा ६ सयवटा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको बताए । मन्त्री पुनले यस वर्ष ४० वटा जिल्लामा पूर्ण रुपमा विद्युतको पहुँच पु¥याउने लक्ष्य समेत लिइएको बताए ।

वैकल्पिक उर्जा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले अहिलेसम्म नेपालमा ७८ प्रतिशत घरधुरीमा नेपाल विद्युत प्राधिकरणबाट वितरण हुने विद्युतको पहुँच रहेको, १० प्रतिशत वैकल्पिक उर्जा मार्फत उज्यालो पुगेको र १२ प्रतिशत घरधुरीमा उज्यालोको अभाव रहेको बताए । उनले सरकारले ३ वर्षमा सबैको घरघरमा उज्यालो पु¥याउने लक्ष्य पुरा गर्न मिनीग्रिड सञ्चालन गर्ने परियोजना कार्यान्वयनलाई तिब्रता दिनुपर्ने बताए ।

अहिले सम्म वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अगुवाइमा देशका विभिन्न ठाउँमा २० वटा भन्दा बढी सौर्य तथा वायु मिनीग्रिड आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन् । जसबाट ८ सय किलोवाट विद्युत उत्पादन भएको छ । पछिल्लो समय विभिन्न जिल्लाबाट माग भएका ४५ मिनीग्रिड आयोजनाहरु सम्भाव्यता अभ्ययन भई कार्यान्वयनको चरणमा आएको अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *