पर्यटकीय क्षेत्रको विकासका लागि कार्य अगाडि बढेका छन् : मुख्यमन्त्री भट्ट

डिसी नेपाल
१६ फागुन २०७६ २२:०५

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटकीय क्षेत्रको विकासका लागि योजना अघि सारिएको बताएका छन् ।

शुक्रबार तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा आयोजित कार्यक्रममा उनले पर्यटकीय क्षेत्रको विकासका लागि पाँच वटा करिडोरका रूपमा कार्य अगाडि बढाइएको बताए । तराई, पहाड र हिमालसम्मका कला संस्कृति, प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र, ऐतिहासिक क्षेत्रको पहिचानसँगै विकासका कार्य अगाडि बढाइएको उनले बताए।

होमस्टे (घरबास) सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उनले बताए । कञ्चनपुरको महाकाली नगरपालिकामा निर्माण हुने सुक्खा बन्दरगाहको कार्य अगाडि बढाइनुपर्ने चर्चा गर्दै उनले सुक्खा बन्दरगाह निर्माण भए यस क्षेत्रको विकासको ढोका खुल्ने बताए ।

“प्रदेशका सबै जनतासम्म स्वास्थ्य सेवा पुगोस् भन्ने चाहना छ”, उनले भने, “महाकाली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विकास गरी सहजरूपमा स्वास्थ्य सेवा पु¥याइने छ ।” एकात्मक राज्यबाट पछाडि पारिएको यो क्षेत्रले पनि विकासमा फड्को मार्ने उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *