यासिन मलेशियाको नयाँ प्रधानमन्त्री
क्वालल्मपुर (एजेन्सी) । मलेशियाको नयाँ प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीन हुने भएका छन्।
राजदरबार मलेशिया (ईस्ताना नेगरा)ले यासिनलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको हो। राजदरबारले शनिबार बिहान यस्तो घोषणा गरेको मलेशियाको द स्टारले समाचार लेखेको छ।
मुहिद्दिन यासीनले आगामी ८ मार्चमा प्रधानमन्त्रीको रूपमा शपथ लिने बताइएको छ। इस्ताना नेगराले शनिबारको जारी गरेको विज्ञप्ति अनुसार प्रब्युमी बेर्साटु पार्टी मलेशियालाई अन्य पार्टीहरुको पनि समर्थन रहेपछि मुहिद्दिन यासीनले बहुमत प्राप्त गर्ने बताएको छ।
फेब्रुअरी २४ मा मलेशियाका पूर्वप्रधानमन्त्री डाक्टर मोहम्मद माथिरले राजिनामा दिएपछि मलेशियाले नयाँ प्रधानमन्त्री चयन गर्न लागेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment