ब्लड क्यान्सर पीडित पत्रकार पौडेलको उपचारार्थ १४ लाख ५३ हजार सहयोग

डिसी नेपाल
१८ फागुन २०७६ १५:३७

काठमाडौँ । ब्लड क्यान्सरबाट पीडित पत्रकार पौडेलकाे उपचारार्थ १४ लाख ११ हजार २ सय ४४ हजार रुपैयाँ आर्थिक सहयोग भएकाे छ । यो रकम डिसी नेपाल डटकम, इनेप्लिज डटकम र पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (ईन्जा) को संयुक्त आव्हानमा संकलन गरिएको थियो।

ईन्जाको दोस्रो स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा उनकी पत्नी अम्बिका पौडेलला उक्त सहयोग हस्तान्तरण गरिएको थियो।

विराटनगरवाट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख पौडेल व्लड क्यान्सरवाट पीडित भइ हाल काठमाडौको सिभिल हस्पिटलमा उपचार गराइरहेका छन् ।

जनआस्था साप्ताहिकवाट पत्रकारिता सुरु गरेका पत्रकार पौडेल नेपाल समाचारपत्र दैनिकमा वरिष्ठ सहसम्पादकको रुपमा लामो समय क्रियाशिल थिए । विराटनगरका स्थानीय क्याम्पसहरुमा प्राध्यापन समेत गर्दै आएका पत्रकार पौडेललाई उपचारार्थ करिव ३० लाख रुपैयाँ लाग्ने अस्पताल प्रशासनले वताएको छ ।

ईन्जा युरोपबाट ४२ हजार सहयोग

त्यस्तै पौडेलको उपचारको लागि डिसी नेपाल डटकम, इनेप्लिज डटकम र पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (ईन्जा) को संयुक्त रुपमा चलाएको अभियानमा ईन्जा युरोप क्षेत्रीय समितिले पनि ४२ हजार सहयोग गरेको छ ।

ईन्जा युरोपमा आवद्द विभिन्न मिडियामा क्रियाशील पत्रकारहरु दधी सापकोटा, विजय दर्पण शर्मा, लक्ष्मण देवकोटा, निरञ्जन श्रेष्ठ, दीपक धिताल, निलम सापकोटा, टुवल सापकोटा र जय तामाङबाट संकलन भएकाे ४२ हजार नेपाली रुपैयाँ सहयोग उनकी पत्नी अम्बिका पौडेलको खातामा आइतबार पठाइएकाे हाे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *