कमलदह नजिकै मृग फेला
रुकुम । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ कमलदह नजिकै मृग (रतुवा) फेला परेको छ। डिभिजन वनकार्यालय रुकुम (पूर्व) का डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको (दारे) भाले मृग दहतीर घुम्न निस्किएको वेलामा आइतबार फेला पारेको हो।
नेपाली सेनाको सहयोगमा मृगलाई नियन्त्रण लिएको डिभिजनल वन अधिकृत सुवेदीले बताए। मानिसलाई देखेर अताल्लिएर भाग्न खोजेपछि तारको जालीमा ठोक्किएर मृगको मुखमा चोट लागेको सहायक वन अधिकृत सुजन राजभण्डारीले जानकारी दिए।
उनका अनुसार अहिले मृगको उपचार भइरहेको र वन कार्यालयमा सुरक्षित राखिएको छ। मृगलाई आज वनमा लगेर छोडिने पनि उनले जानकारी दिए।
पछिल्लो चरणमा मृग बजारतिर झरिरहेका छन्। गएको महिना पनि वन कार्यालय बसेको घरकै रेलिङमा अल्झिएको अवस्थामा मृग फेला परेको थियो।
जङ्गलमा मान्छेको चहलपहल, खानाको अभाव, पानीका मुहान सुक्दै जानुका कारण जङ्गली जनावर बस्तितिर झर्न थालेका हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment