भारतीय प्रधानमन्त्री मोदीद्वारा सबै सामाजिक सञ्जाल त्याग्ने घोषणा

डिसी नेपाल
१९ फागुन २०७६ २२:५४

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल त्याग्ने घोषणा गरेका छन्।

उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्याग्ने घोषणा सामाजिक सञ्जालमाफर्त गरेका छन्। उनले आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने घोषणा गरेका हुन्।

उनले यस्तो घोषणा किन गरे भन्ने विषयमा भने केही खुलाइएको छैन, तर उनका फ्लोर्सले भने सामाजिक सञ्जाल नत्याग्न सुझाव दिएका छन्। उनलाई ट्वीटरमात्र करिब ५१ लाख समर्थकहरुले सामाजिक सञ्जाल नत्याग्न भनेका छन्।

मोदीको फेसबुकमा करिब ४ करोड, ट्वीटरमा ५ करोड र इन्स्टाग्राममा ३ करोड फ्लोर्स छन्। यस्तै उनको व्यक्तिगत यूट्यूब च्यानलमा ४ करोड सस्क्राइबर छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *