मुस्ताङमा सुख्खा पहिरो खस्दा एक्स्काभेटर अपरेटरको मृत्य, सडक अवरुद्ध

डिसी नेपाल
२० फागुन २०७६ ८:२१

म्याग्दी । बेनी–कोरला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको घैपुमा सुख्खा पहिरो खस्दा एक जनाको ज्यान गएको छ ।

उनका अनुसार सडक सफा गरिरहेका बेला सडक माथिबाट खसेको सुख्खा पहिरोले एक्स्काभेटर खोलामा खस्दा एक्स्काभेटर अपरेटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

ज्यान जानेमा सिन्धुपाल्चोक घर भएका अर्जुन दाहाल रहेका छन् ।

उनका अनुसार सडक सफा गरिरहेको एक्स्काभेटर खोलामा खस्दा दाहालको एक्स्काभेटरको चेनले च्यापिएर ज्यान गएको हो । डोजरको चेनले च्यापिएको अवस्थामा रहेको हुँदा उनको शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ।

सुख्खा पहिरोले सडकमा रहेको बसलाई समेत क्षति पुर्याएको छ भने अहिले बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *