विद्यालय स्तरको परीक्षा चैत्र ५ भित्र सक्न निर्देशन

डिसी नेपाल
२० फागुन २०७६ २०:४९

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको परीक्षा आगामी चैत ५ गतेभित्र सकिने गरि व्यवस्था मिलाउन निर्देशन दिएको छ । मंगलबार सूचना जारी गर्दै मन्त्रालयले विद्यालयमा सभा, समारोह, वार्षिक उत्सव जस्ता जन भेला हुने कार्यक्रमहरु पनि नगर्न आव्हान गरेको छ।

सूचनामा भनिएको छ, ‘ विश्वभर कोरोना भाइसर (कोभिड–१९)को संक्रमण र सत्रास बढदै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भएकाले विद्यालयगत रुपमा संचालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यथाशिघ्र प्रारम्भ गरि आगामि चैत्र ५ गते भित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्न गराउन तथा विद्यालयमा सभा, समारोह, वार्षिक उत्सव लगाएतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरुको आयोजना नगर्न, नगराउन यस मन्त्रालय सम्बन्धित सबैमा आव्हान गर्दछ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखे पछि सरकारले उच्च सतर्कता अपनाएको हो । सम्पूर्ण सिमाहरुमा चेकजाँच गर्नुका साथै त्रिभुवन विमानस्थलबाट आउने जानेमाथि पनि कडा निगरानी राखेको छ ।

यसअघि पनि सरकारले अत्यावश्यक काम बाहेक जनभेला हुने काम नगर्न, विदेश भ्रमणमा समेत नजान आग्रह गरेको थियो । विभिन्न संघ सस्थाहरुले समेत जनभेला हुने आ–आफ्ना कार्याक्रमहरु स्थगित गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *