एलिजावेथ वारेनले त्यागिन राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीको दौड

डिसी नेपाल
२२ फागुन २०७६ २१:५०

वाशिङ। आगामी नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनका लागि अमेरिकामा हाल प्राइमेरी चुनाव भइरहेको छ।

विपक्षी पार्टी डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारी दौडमा रहेकी एकमा महिला प्रतिष्पर्धी एलिजावेथ वारेनले बिहीबार दौड त्यागेको घोषणा गरेकी छन्। यसअघि माइकल ब्लूमवर्गले पनि दौड त्यागेको घोषणा गरेका थिए।

वारेन र ब्लूमवर्गले दौड त्यागेसँगै अब सेन बर्नी स्यान्डर्स र जोइ बाइवेडन मध्ये एकजनाले रिपब्लिनकका उम्मेदवार हुने लगभग पक्का भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिष्पर्धा गर्नेछन्।

म्यासेच्युट्सबाट सिनेटर रहेकी ७० वर्षीया वारेन आफ्नै राज्यमा पराजित हुन पुगेपछि उम्मेदवारको प्रतिष्पर्धाबाट अलगिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

हाल बाँकी रहेका डेमोक्र्याट प्रतिष्पर्धी मध्ये पूर्व उपराष्ट्रपति वाइडेनले अग्रता लिइरहेका छन् भने ७७ वर्षीय स्यान्डर्सले पनि पछ्याइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *