ल ‘नमस्कार’ गरौँ !

डिसी नेपाल
२३ फागुन २०७६ ९:५५

‘नमस्कार’ अभियानलाई अझै व्यापक बनाऔँ । हाम्रो राम्रो कुरालाई हामी स्वयम्ले पहिचान गरेर उजागर र प्रवद्र्धन गर्नुपर्दछ । हाम्रो राम्रो संस्कार पनि अर्को गोलाद्र्धका साथीहरूले ‘राम्रो हो’ भनिदिएपछि मात्र ‘ए राम्रो रहेछ’ भनेर अङ्गीकार गर्ने प्रवृत्ति हामीकहाँ रहिआएको छ ।

योग, संस्कृत भाषा, वैदिक साहित्य आदि अर्को गोलाद्र्धका बासिन्दाले ‘ए यो त सार्वभौम विषय रहेछ’ भनेपछि मात्रै हामीले यसको महत्व बुझ्न थालेका छौँ ।

अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका आम मानवहरू त्रस्त छन् । एकआपसमा हात मिलाउनुको साटो अभिवादनका लागि ‘नमस्कार’ गर्दा यी र यस्ता धेरै किटाणुहरू एकअर्कामा सर्न पाउँदैनन् ।

डा प्रदीप ढकाल

हाम्रो अभिवादन ‘नमस्कार’ हो । छातीको अगाडि लगेर दुवै हात जोडी शीरलाई थोरै झुकाएर गरिने ‘नमस्कार’ नै नेपाली अभिवादन हो । नमस्कारमा अभिवादन गर्ने र लिने दुवैको अहङ्कार झुक्दछ ।

नमस्कारमा प्रार्थना अन्तरनिहीत छ । ममा रहेको ईश्वरीय अस्तित्व तिमीमा पनि छ; त्यो ईश्वरीय अस्तित्वलाई यो अस्तित्वले श्रद्धा गर्दछ, नमन गर्दछ भन्ने भाव यसमा रहेको छ । हृदयदेखि नै म नमन गर्दछु भन्ने भाव व्यक्त गर्ने यही ‘नमस्कार’ लाई सबैतिर फैलाउनु छ ।

ल आउनुस जब जब हामी एकअर्कामा भेट्दछौँ तब तब हामी ‘नमस्कार’ गरौँ ।

नमस्कार !

पशुपति क्षेत्र विकास काेषका सदस्यसचिव डा प्रदीप ढकालकाे फेसबुकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *