बलात्कार कसुरमा नौ वर्ष जेलसजाय
सांकेतिक तस्वीर
गाईगाट। शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ।
बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए।
स्रेस्तेदार आचार्यका अनुसार तामाङले २०७६ साल जेठ १२ गते ती महिलालाई बलात्कार गरेपछि पीडितका आफन्तले प्रहरीमा तामाङविरुद्ध उजुरी दिएका थिए। तत्कालै तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राखेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment