प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, हिँडडुल गराउन थालियो

डिसी नेपाल
२३ फागुन २०७६ १६:२४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन शुक्रबार दिउँसो ४ बजे जारी स्वास्थ्य बुलेटिन अनुसार उनको स्वास्थ्यमा निकै सुधार भएको छ।

ओलीलाई शुक्रबारबाट ठोस खानेकुरा पनि दिन थालिएको छ। उनलाई हिँडडुलसमेत गराउन थालिएको चिकित्सकहरुले जनाएका छन्।

साथै ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको छ। उनलाई पनि ठोस खानेकुरा दिन थालिएको चिकित्सकहरुले जनाएका छन्।

मिर्गौला प्रत्यारोपणपछि शुक्रबार प्रधानमन्त्री निकटका व्यक्तिहरुले उनीसँग भेट गरेका छन्। प्रधानमन्त्री ओलीका मुख्य सल्लाहाकार विष्णु रिमालले आफूले प्रधानमन्त्री ओलीलाई भेटेको र भेटमा ओलीले आफू ठिक भइरहेको बताएको जानकारी दिएका छन्।

गएको बुधबार प्रधानमन्त्री ओलीमा त्रिविशिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। यसअघि २०६४ मा पनि ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *