नेपाल प्रहरीका डीआईजी सुब्बाले दिए राजीनामा
काठमाडौं। नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। उनले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष राजीनामा बुझाएका हुन्।
डीआईजीमा रहँदा उनको सेवावधि अझै एक वर्ष बाँकी थियो। उनले किन राजीनामा दिए भन्ने विषयमा भने केही खुलाइएको छैंन। उनको राजीनामा स्वीकृत भने भइनसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment