अध्यक्ष ढकाल र केजरीवालबीच भेटवार्ता, केजरिवाल नेपाल भ्रमण गर्न इच्छुक
नयाँदिल्ली। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग भेटवार्ता गरेका छन्।
भेटमा आपसी हित र मित्रता विस्तारको बारेमा छलफल भएकाे परिवार दलका प्रवक्ता सन्तोष पौडेलले बताए। साे अवसरमा अध्यक्ष ढकालले मुख्य मन्त्रीमा निर्वाचित भएकोमा नेता केजरीवाल बधाई दिएका थिए।
ढकालले मुख्यमन्त्री केजरिवालले पहलकदमी लिएको विकास र सुसाशनको नमुना सबैको लागि उत्प्रेरित रहेको भन्दै अनुभव आदान प्रदान र मित्रताको लागि उपयुक्त समयमा नेपालको भ्रमण गर्न आग्रह गरेका थिए।
मुख्यमन्त्री केजरीवालले नेपाल अत्यन्त घनिष्ट छिमेकी मित्रराष्ट्र भन्दै भ्रमणको इच्छा व्यक्त गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment