प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई छुट दिन सकिँदैन : नेता नेपाल

डिसी नेपाल
२५ फागुन २०७६ १८:५८

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन नसकिने बताएका छन्।

रौतहट टाइम्सको २२ औं वार्षिकोत्सव तथा अबको राजनीतिक कोर्ष विषयक कार्यक्रममा नेपालले अहिलेको सरकारले प्रेस स्वतन्त्रतालाई खोस्न चाहेको नभइ छाडापनलाई नियन्त्रण गर्न खोजेको बताए। लोकतान्त्रिक वातावरणले सञ्चार क्षेत्र धेरै विकशित भएको उल्लेख गर्दै नेता नेपालले अनुमानका भरमा समाचार नलेखी सत्य तथ्यलाई प्राथमिकता दिन आग्रह गरे।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता भनेर प्रष्टसँग लेखेको भए पनि पछिल्लो समय बनेका केही कानूनहरुले त्यसलाई असर पारेको बताए। राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतलाई नियन्त्रण गर्नुभन्दा पनि पूर्ण स्वतन्त्रता प्रदान गर्न भूमिका खेल्न उनले सबैमा आग्रह गरे।

नेकपा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रियता र राष्ट्रिय अखण्डता बाहेकका विषयमा संविधान संशोधन गर्न सकिने बताए।

कार्यक्रममा पत्रकार महासंघ नेपालका अध्यक्ष गोविन्द आचार्य लगायतले सरकारले अघि सारेका केही विधेयकहरुले प्रेसलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोजिएकोले सच्याउन आग्रह गरेका थिए। कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मानित गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *