होलीमा ७ सयभन्दा धेरैलाई ट्राफिक कारबाही

डिसी नेपाल
२६ फागुन २०७६ १७:५७

काठमाडौं। होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। ट्राफिक नियम उलंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन (मापसे) गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारवाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए। दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने बुझाउने गर्नुका साथै ‘तिव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए। ड्युटी अनुगमनका लागि १५ वटा टीम पनि खटिएको उनले बताए।

ट्राफिक नियम उलंघन गर्नेलाई सम्झाई बुझाई गर्ने र नमान्नेलाई कानूनी दायरमा ल्याइएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *