देउवा निवासमा गाँजाको चर्चा

डिसी नेपाल
२७ फागुन २०७६ १९:०९
12
Shares

काठमाडौं। प्रतिबन्धित गाँजा खेति खुलाउनले अभियानमा लागेकहरुले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवासँग यो विषयमा छलफल गरेका छन्। गाँजाको प्रतिबन्ध हटाउनुपर्ने भन्दै संसदमा नेकपा सांसद शेरबहादुर तामाङले गैर सरकारी विधेयक दर्ता गराएका छन् भने नेकपाकै अर्का सांसद विरोध खतिवडाको अगुवामा संसदमा गाँजा खुलाउने अर्को प्रस्ताव दर्ता छ।

गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने अभियानमा काँग्रेसका युवा नेता ऋषिकेस जंग शाह लामो समयदेखि लागेका छन्। उनी पछिल्ला दिनहरुमा जहाँ गए पनि गाँजाकै विषयमा बहस गरिरहन्छन्।

उनले गाँजा फुकुवालाई काँग्रेसले आफ्नो नीति बनाउनुपर्ने पहलमा लागिरहेका छन्। यही विषयमा मंगलबार सभापति देउवासँग छलफल भएको शाहले जनाएका छन्।

छलफलमा ९ जना गाँजा सम्बन्धि जानकारहरु सहभागी भएको शाहले जानकारी दिए।

उनका अनुसार राजीब काफले (एचआईभी तथा लागु औषधमा क्रियाशील र गाँजाको बारेमा जानकार), डा भीम उपाध्याय (नेपाल सरकारका पूर्ब सचिब), डा ऋषि कोईराला (आयुर्बेदका ज्ञाता), डा राजेन्द्र ज्ञवाली (प्राध्यापक काठमाडौं विश्वविद्यालय), सूरजित दत्त (सामाजिक अभियन्ता), डा श्याममणि अधिकारी (क्याम्पस प्रमुख पतंजलि नेपाल, दर्जनौ आयुर्बेद पुस्तकका लेखक), डा पवन शर्मा (मानसिक रोग बिशेषज्ञ पाटन अस्पताल), मदन भण्डारी (युवा आयुर्बेद बिज्ञ , पतंजलि नेपाल) र अभिषेकराज सिंह थापा सहभागी थिए।

सभापति देउवाले यो विषयमा थप छलफल गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *