राष्ट्रिय सभा नेपाली काँग्रेस संसदीय दलको नेतामा अधिकारी
काठमाडौं। प्रमुख विपक्षी दल नेपाली काँग्रेसको राष्ट्रिय सभामा संसदीय दलको नेतामा काँग्रेस सांसद राधेश्याम अधिकारी नियुक्त भएका छन्।
काँग्रेस सभापति शेर बहादुर देउवाले राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई नियुक्त गरेको काँग्रेसले जनाएको छ।
नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ९१० बमोजिम राष्ट्रिय सभा सदस्यमा अधिकारीलाई नियुक्त गरिएको निजी सचिव केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघिका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको दुई वर्षे कार्यकाल सकिएपछि संसदीय दलको नेताको पद रिक्त थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment