पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट

डिसी नेपाल
२८ फागुन २०७६ ८:५२

काठमाडौं। पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर नजिकै बम बिष्फोट भएको छ। बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घर नजिकै बुधबार विहान सात बजे बिष्फोट भएको प्रहरीले जनाएको छ।

बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ७ गते राजीनामा दिएका थिए।




प्रतिक्रिया

One thought on “पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *