चेक बाउन्सको आरोपमा एकजना पक्राउ
सांकेतिक तस्बिर
तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।
बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए।
पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध बैँक कसुर मुद्दा दर्ता गरेको थियो।
गुरागाईं विरुद्ध एक महिनाअघि मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अवस्थामा मङ्गलबार साँझ इटहरीबाट प्रक्राउ गरी दाङ ल्याइएको हो।
गुरागाईं विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताए। गुरागाईंले दिएको रु तीन लाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment