दुई राप्रपाको एकता घोषणासभा जारी रहँदा, सुनील थापा घरमै ‘आराम’ गर्दै
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच आज एकीकरण हुँदैछ। दुई पार्टीबीच एकता घोषणा सभा राष्ट्रियसभा गृहमा जारी रहँदा राप्रपा संयुक्तका महामन्त्री सुनील थापा भने उपस्थित छैनन्।
दुई दलले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरुद्ध एकीकरण गर्न लागेको भन्दै महामन्त्री थापा एकता घोषणासभामा अनुपस्थित भएका हुन्।
दुई दलबीच एकता घोषणा सभा चलिरहँदा थापा भने आफ्नो मालिगाउँस्थित निवासमै छन्। उनी केही निकटसँग छलफल गरिरहेका छन्। ‘उहाँ (थापा) अहिले निवासमै हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘अहिले बाहिर बाहिर निस्किने कुनै योजना छैन।’
उता घोषणा सभामा भने थापा आउने जानकारी प्राप्त भएको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए। ‘अहिलेसम्म उहाँ (थापा) आउने नै जानकारी छ,’ बर्तौलाले भने।
थापाले भने
No ads found for this position

डिसी नेपाल
Facebook Comment