अध्यक्षत्रयलाई राप्रपाका कार्यक्रताको चेतावनीः फेरि पार्टी फुटे कार्यकर्ताले गोली हान्लान्

डिसी नेपाल
२८ फागुन २०७६ १६:१३

काठमाडौं । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता घोषणा भएको छ । राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गर्दै दुई पार्टीले एकता घोषणा गरेका हुन् ।

एकता घोषणा कार्यक्रमका लागि देशभरबाट राप्रपा (संयुक्त) र राप्रपाका कार्यकर्ताहरु सभागृह पुगेका थिए । कार्यक्रमा आएका कार्यकर्ताहरुमा एकखालको खुशीसँगै आक्रोश पनि देखिन्थ्यो । त्यस्तै आक्रोश राप्रपाका केन्द्रीय सदस्य देवेन्द्र प्रधानमा थियो ।

उनले पार्टी एकता भएकोमा खुशी व्यक्त गर्दै पार्टीका अध्यक्षत्रयलाई अब पार्टी नफुटाउन चेतावनी दिए । उनले डिसी नेपालसँग कुराकानी गर्दै भने ‘जनता पार्टी एकता हुने र फुट्ने क्रमबाट दिक्क भइसकेका छन् ।’

उनले अगाडि थपे ‘तपाइलाई थप्पड हानेको दिन थाहा छ, कुर्सी हानेको दिन थाहा छ, अब पनि पार्टी फुट्यो भने पार्टीका कार्यकर्ताले गोली हान्ने दिन पनि आउन सक्छ ।’

त्यस्तै राप्रपा (संयुक्त)को विद्यार्थी संगठनका केन्द्रीय सदस्य दिपक थापा पनि पार्टी एकीकरण भएकोमा खुशी छन् । तर उनी अब पार्टीमा पूर्वपञ्चहरुले युवालाई स्थान दिनुपर्ने सुझाउँछन् । उनी भन्छन्, ‘पार्टी एकता भएको छ । यो एकदम खुशीको कुरा हो ।’

उनी यत्तिमै रोकिदैंनन्, ‘राप्रपालाई जनताले पूर्व पञ्चहरुको पार्टी भनेर पनि बुझ्ने गरेका छन् । अब यसलाई पनि चिर्नुपर्छ । अब युवाहरुलाई पार्टीमा विशेष स्थान दिनुपर्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *