प्रख्यात अघोरीबाबा डा.त्यागीनाथको निधन

डिसी नेपाल
२९ फागुन २०७६ ४:०२


डिसी नेपाल

काठमाडौं । नेपालका प्रख्यात अघोरी बाबा डा.त्यागीनाथको १ सय ११ बर्षको उमेरमा देहवसान भएको छ । फागुन २८ गते बुधबार बेलुकी उनको आफ्नै बासस्थानमा निधन भएको हो ।
भगवान कलेश्वरका अनन्य भक्त मानिने डा. रामनाथ अघोरीका एकमात्र चेला डा.त्यागीनाथ पशुपति आर्यघाट नजिकैको भष्मेश्वर घाटमा रहेको आफ्नो आश्रममा बस्दै आएका थिए ।
नेपालको आध्यामिक जागरणमा अतुलनीय योगदान दिएको मानिने बाबा त्यागीनाथ आयुर्वेदका विशेषज्ञसमेत हुन् । डा.त्यागीनाथ बाबा स्वर्गीय योगी नरहरिनाथका नाममा स्थापित भएको योगी नरहरिनाथ स्मृति पुरस्कारबाट सम्मानित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *