आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

डिसी नेपाल
२९ फागुन २०७६ १२:०६

कञ्चनपुर । कञ्चनपुरमा आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

आफ्नै १६ वर्षीय छोरा सुवर्ण चन्दलाई धारिलो हतियार प्रहार गरी हत्या गरको अभियोगमा भिमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने ३९ वर्षीय डम्बर चन्द पक्राउ परेका हुन् ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *