घुस लिँदालिँदै कम्पनी रजिष्टारको कार्यालय काठमाडौंका २ कर्मचारी पक्राउ

डिसी नेपाल
२९ फागुन २०७६ १३:०६

काठमाडौँ । कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत दुई जना कर्मचारी सेवाग्राहीसँग घुस रकम लिँदा लिँदै पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) को टोलीले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।

नासु डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ रु ५ हजार घुस रकमसहित फागुन २८ गते पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भईरहेको अख्तियार स्रोतले जनाएको छ।

अख्तियारका अनुसार, उनीहरुले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आएका सेवाग्राहीसँग काम सहज गरिदिए बापत घुस लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *