चट्याङ लागेर घाइते

डिसी नेपाल
३० फागुन २०७६ १७:५८

दाङ । तुलसीपुरमा चट्याङ लागेर शुक्रबार एक युवती गम्भीर घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–१८ दौडाँडे निवासी २२ वर्षीया शिवा बस्नेत चट्याङ लागेर घाइते भएकी हुन् ।

घरमै बसिरहेको अवस्थामा दिउँसो १ः१५ बजेतिर परेको चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चट्याङ लागेर बस्नेतका दुईवटै खुट्टा जलेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *