डेरी उद्योगमा आगलागी हुँदा ७० लाख बढीको क्षति

डिसी नेपाल
१ चैत २०७६ २०:०३

मङ्गलबारे । इलामको देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आगलागी हुँदा रु ७० लाख माथिको क्षति भएको छ । मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट दुध पेल्ने मेसिन, घ्यु, छुर्पी लगायतका सामान जलेर नष्ट हुँदा क्षति भएको वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिए । आगलागी दिउँसो ३ः०० बजेदेखि शुरु भएको थियो ।

स्थानीय अशेष बुढाथोकीले सञ्चालन गर्नु भएको सो डेरी उद्योगमा आगलागी नियन्त्रण भइसकेको छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताए । नगरपालिकामा दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । स्थानीय तहले दमकल खरिद गर्नुपर्ने स्थानीय खनालको माग छ । टाढाको दमकल लैजानुभन्दा नजिकै दमकल भई दिएको भए क्षति कम हुन सक्ने उनको भनाइ छ ।

उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । साथै प्रारम्भिक चरणको अनुमानबाट सो क्षति भएको बताइए पनि उद्योगका प्रोप्राइटर जिल्लाबाहिर रहेकाले एकीन विवरण आउन बाँकी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *