दरवारमार्गमा ट्राफिक प्रहरीलाई ४ हजार घुस दिने व्यक्ति पक्राउ

डिसी नेपाल
२ चैत २०७६ ९:२८

काठमाडौं । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन्।

दरवारमार्गबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा बा २८ प ४०४२ नम्बरको मोटरसाईकल चालक प्रेम नाथ सेडाईलाई पक्राउ गरेको हो।

उक्त मोटरसाईकल चालक सेडाईले सवारी चलाउँदा कागजपत्र साथमा नराखी चलाएका थिए। उनले डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न आर्थिक प्रलोभनमा पार्न खोज्दा
शनिवार ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *