अपाङ्ग विद्यार्थीलाई सहयोग

डिसी नेपाल
३ चैत २०७६ १३:२२

सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि, वीरेन्द्रनगर ८, सुर्खेतले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा सुर्खेतको राकममा रहेको वागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत २१ जना अपांगता भएका विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमकाबीच विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ।

समुदायप्रतिको चासो संस्थाको एक महत्वपूर्ण सिद्धान्त भित्र पर्ने बताउँदै संस्थाले वागेश्वरी माविमा अध्ययनरत २१ जना अपांगता भएका विद्यार्थीहरुलाई एक–एक जोड विद्यालय पोशाक, एक–एक दर्जन कापी कलम लगायतका शैक्षिक सामाग्रीहरु विद्यार्थीहरुलाई विद्यालयमै गएर सहयोग प्रदान गरेको हो।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार के.सी.ले वातावरणले राज्यको पहुँच नपुगेका दुर्गम क्षेत्रहरुमा आर्थिक लगायतका सामाजिक कार्यहरु गर्दै समुदायवासीको मन जित्नुको साथै आफ्नो जिम्मेवारी पनि पूर्ण रुपमा निर्वाह गरेको बताए ।

त्यस्तै संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले संस्थाले सधैँ आर्थिक पक्ष मात्र नहेरेर समुदायप्रतिको आफ्नो दायित्वलाई समेत मध्यनजर गर्दै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पनि निरन्तर क्रियाशील रहेको बताए ।

संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिम्ता गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र सिंह, वागेश्वर माविका प्रधानाध्यापक कौशिल्यादेवी सिंह, स्थानीय समाजसेवी पृथ्वीबहादुर सापकोटा, पुष्पा उपाध्याय लगायतले आफ्ने भनाइ राखेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *