चिनियाँ व्यापारी ज्याक माले नेपाललाई कोरोनासँग जुझ्न स्वास्थ्य सामग्री दिने

डिसी नेपाल
८ चैत २०७६ १६:१२

बीबीसी । प्रख्यात चिनियाँ व्यवसायी तथा परोपकारी ज्याक माले नेपालसहित नौ एशियाली मुलुकलाई कोरोनाभाइरसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।

शनिवार बिहान एउटा ट्वीट गर्दै उनले १८ लाख मास्क, २१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन्।

‘यो चाँडै पुर्‍याउन सहज छैन। तर हामीले यो सम्पन्न गर्ने छौँ,’ उनले ट्वीटमा लेखेका छन्। कुन मुलुकलाई कुन सामान कति परिमाणमा दिइने हो भन्ने कुरा भने ट्वीटमा खुलाइएको छैन। सहयोग दिइने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलङ्का पनि छन्।

ज्याक माले अमेरिकासहित अन्य विभिन्न मुलुकलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन्। नेपाल सरकारले कोरोनाभाइरस टेस्ट किटसहित अन्य सामग्रीको अभाव रहेको बताउँदै आएको छ।

अधिकारीहरूका अनुसार काठमाडौंमा १५५ वटा भेन्टिलेटरसहितका सघन उपचार कक्ष छन्। त्यसबाहेक थप २३५ भेन्टिलेटर खरिद गर्ने प्रक्रिया बढाइएको र पुराना पनि मर्मत गर्ने तयारी थालेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *