टिमुरे यातायातले निशुल्क बस संचालन गर्ने
नुवाकोटमा संचालित टिमुरे यातायात प्रालिले काठमाडौं–त्रिशुली रुटमा सोमबारबाट निशुल्क बस संचालन गर्ने भएको छ। विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसको त्रासले सर्वसाधारणमा चिन्ता देखिन थालेपछि निशुल्क बस संचालन गर्न लागिएको हो।
आपतकालीन समयमा आफ्नो ठाउँबाट केही गरौं भन्ने भावनाले नस सेवा संचालन गर्न लागेको टिमुरे यातायात प्रालिका अध्यक्ष ओमप्रकाश जोशीले बताए।
उनले भने, ‘यो संकट सरकारको मात्र होइन, हामीले हाम्रो ठाउँबाट केही गर्नुपर्छ जस्तो लागेर बस संचालन गर्न लागेका हौं।’ यातायातको समस्याले सर्वसाधारणमा बढी चिन्ता देखिएको यो समयमा आवश्यकता अनुसार केही दिन गाडी संचालनमा ल्याउँदा आफ्नो जिम्मेवारी बहन गरेको महसुस हुने उनले बताए।
उनले भने, ‘सर्वसाधारणलाई यातायातको बढी नै चिन्ता छ, बसपार्क लगाएत अन्य सवारी छुट्ने स्थलमा यात्रुको भिडभाड देखेर चैत १० गते बाट १४ गतेसम्म संचाल गर्न लागेका हौं। आवस्यकता अनुसार केही दिन संचालन गर्न पाए आफ्नो जिम्मेवारी पनि बहन हुने, सबै सरकारले मात्र गरेर हुँदैन आपतको घडीमा नागरिकको जिम्मेवारी निभाउन पाउँदा म खुशी छु।’
कोरोनाविरुद्ध संयोग बनौं, सजग बनौं भन्ने नारासहित भोलिबाट ४ वटा एसी बस निशुल्क रुपमा संचालन गर्न लागेको टिमुरे यातायातका निशुल्क बसहरु सोमबार बिहान ६ बजे र दिउसो सभा एकबजे काठमाडौंबाट छुट्ने र त्रिशुलीबाट बिहान सात बजे र दिउँसो १२ बजे काठमाडौका लागि छुट्ने बताइएको छ।
नुवाकोटबाट संचालन भएको टिमुरे यातायात देशका विभिन्न भागमा संचालन गरिँदै आएको छ। टिमुरे यातायातले अहिले विभिन्न रुटमा ३२ वटा बसमार्फत सेवा दिँदै आएको छ।
No ads found for this position


डिसी नेपाल
नुवाकोट म जनाता सही छ नि यो पुरनो नेताहरु देखी अहिलेको नेताहरु मात्र ठीकआ छैन जनत त सयोगी भावना को छ नि अब यो कम नगर्ने नेताहरु पनि केही सोचन्बिचार गर्ने होकी जसतपता जसतै नुवाकोट नै बिचेने विचारमा छ टिमुरे बसा समितलाई धन्यवाद छ यो दुख को समय म सयोगा गरेको म ।